शिखर इन्स्योरेन्सबाट नयाँ स्वास्थ्य बिमा योजना “शिखर स्वास्थ्य सुरक्षा”को सुरुवात भएको छ । मेडिसिटि अस्पतालमा सोमबार एक कार्यक्रम गरी शिखर स्वास्थ्य सुरक्षा बिमाको औपचारिक सुभारम्भ गरिएको हो ।
व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यको बिमा गर्न मिल्ने यस स्वास्थ्य बिमा योजनामा २० लाखसम्मको स्वास्थ्य बिमा गर्न सकिनेछ । हाल नेपालको स्वास्थ्य बीमाको क्षेत्रमा सिमित रकमसम्मको मात्र बिमा सेवा प्राप्त भइरहेको परिप्रेक्षमा शिखर स्वास्थ्य सुरक्षामार्फत २० लाख सम्मको बिमा गर्न सकिने भएकोले हालको बढ्दो स्वास्थ्य उपचार खर्चको लागि उत्तम विकल्पको रुपमा रहन जाने हाम्रो विश्वास रहेको छ ।
यस स्वास्थ्य बिमा माशिखर इन्स्योरेन्ससंग आवद्ध रहेका नेपालका प्रतिष्ठित अस्पतालमा भर्ना भई उपचार गराउँदा नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सकिनेछ भने बिमाङ्क रकमको १० प्रतिशत रकम (अधिकतम १ लाखसम्म)को बहिरंग उपचारको समेत बिमा दाबी प्राप्त गर्न सकिनेछ । नगदरहित स्वास्थ्य उपचार सेवा अन्तर्गत बिमितले अस्पताल भर्ना भई उपचार गराउँदा बिमाको रकम बराबरसम्मको उपचारको लागि बिमितले अस्पतालमा बिल भुक्तानी गर्नुपर्ने छैन, शिखर इन्स्योेरेन्सबाट सजिलै तथा सिधै अस्पताललाई नै बिमा दाबी भुक्तानी गरिनेछ । नगदरहित उपचार सेवा प्राप्त गर्न सकिने भएकोले शिखर स्वास्थ्य सुरक्षामार्फत बिमितले झन्झटरहित स्वास्थ्य सेवा प्राप्तगर्न सक्नेछ ।
शिखर स्वास्थ्य सुरक्षामा अस्पताल भर्ना भई गरिने उपचारको लागि ३० दिनसम्मको प्री-हस्पिटलाइजेसन र ६० दिनसम्मको पोष्ट हस्पिटलाइजेसन खर्चकोसमेत बिमा दाबी पाइन्छ । अस्पताल भर्ना नभई गर्न सकिने उपचार अन्तर्गत १५० भन्दा बढी डे केयर उपचारकोसमेत बिमा सुरक्षण प्राप्त हुन्छ । साथै, भर्खर जन्मेका नवजात शिशुको समेत अस्पताल भर्ना भई गरिने उपचारको बिमा सुरक्षण प्राप्त गर्न सकिन्छ ।
यसका साथै शिखर स्वास्थ्य सुरक्षा बिमाअन्तगर्त दाबी नपरेको अवस्थामा बिमा लेखन विकरण गर्दा नो क्लेमबोनस समेत प्राप्त हुने भएकोले दिर्घकालिन रुपमै यस बिमा योजनाबाट बिमित महानुभावहरुले लाभ प्राप्त गर्न सकिन्छ ।
यस बिमा सेवा नेपालमा बस्ने नेपालीको साथै नेपालमा बस्ने विदेशी नागरीकले समेत प्राप्त गर्न सकिनेछ ।

प्रकाशित: २ भाद्र २०८२ १९:०८ सोमबार





