१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
कर्पोरेट

शिखर इन्स्योरेन्स बन्यो ‘मेरिट प्रमाणपत्र’ प्रदान गर्ने पहिलो बिमा कम्पनी

शिखर इन्स्योरेन्स लिमिटेडले दक्षिण एसियाली लेखा परीक्षक महासङ्घ (साफा)द्वारा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन सम्मानमा मेरिट प्रमाणपत्र प्राप्त गरेको छ। यो सम्मान प्राप्त गर्ने शिखर इन्स्योरेन्स नेपालको पहिलो बिमा कम्पनी बन्न सफल भएको छ।  

साफाद्वारा प्रदान गरिने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जबाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यतादिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ। यो सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमाअपनाउँदै आएको मजबुत सुशासन, वित्तीयअनुशासन, तथाहितधारकसँगको स्पष्ट र पारदर्शी सञ्चारप्रतिको निरन्तर प्रतिबद्धतालाई अझ प्रस्ट रूपमा पुष्टि गर्दछ।

कम्पनीले प्रकटीकरण प्रक्रिया सुधार गर्ने, प्रतिवेदनको गुणस्तर उन्नतबनाउने, तथा सर्वसाधारणका लागि उपलब्ध गराइने वित्तीय सूचनालाई अझविश्वसनीय र व्यवस्थित बनाउने दिशामा गर्दै आएको प्रयासको यो महत्त्वपूर्ण प्रमाण हो।

शिखर इन्स्योरेन्स विश्वास गर्दछ कि यो मान्यताले भविष्यमा अझ उच्च स्तरको सुशासन, वित्तीय पारदर्शिता र उत्तम प्रतिवेदन प्रणालीलाई विस्तार गर्न थप प्रेरणा प्रदान गर्नेछ, जसले समग्र नेपाली बिमा क्षेत्र तथा देशको कर्पोरेट समुदायमा सकारात्मक योगदान पुर्‍याउनेछ।

प्रकाशित: १२ मंसिर २०८२ १६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App