२८ श्रावण २०८३ बिहीबार
image/svg+xml
कर्पोरेट

अध्यक्षसहित नेतृत्वविरुद्ध मुद्दा दायर भएपछि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको धारणा : बैंकिङ सेवा निर्बाध छ

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष, सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको घटनाप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बैंकले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार हुँदै आएको नियमित कामकारबाहीसँग सम्बन्धित विषयलाई लिएर मुद्दा दायर भएको जनाएको हो।

मुद्दा दायर भए पनि बैंकको नियमित कारोबार, ग्राहक सेवा तथा दैनिक कार्यसम्पादनमा कुनै अवरोध नरहेको बैंकले स्पष्ट पारेको छ।

बैंकको नेतृत्व तथा व्यवस्थापन यथावत रहेको जनाउँदै बैंकले ग्राहकको हित र बैंकिङ प्रणालीको स्थायित्वलाई केन्द्रमा राखेर सम्पूर्ण सेवा नियमित, सुरक्षित र निर्बाध रूपमा सञ्चालन भइरहेको जनाएको छ।

बैंकले बैंकिङ प्रणालीप्रतिको जनविश्वास, कर्मचारीको मनोबल र वित्तीय स्थायित्व कायम राख्न सम्बन्धित निकायबाट आवश्यक समन्वय र सहयोगका लागि आग्रह गरेको छ।

यस्तै, बैंकसम्बन्धी अपुष्ट सूचना तथा अनुमानका आधारमा धारणा नबनाउन आग्रह गर्दै आधिकारिक सूचनालाई मात्र आधार बनाउन बैंकले अनुरोध गरेको छ।

बैंकले आफ्ना निक्षेपकर्ता, ग्राहक, शेयरधनी तथा अन्य सरोकारवालाले निरन्तर देखाउँदै आएको विश्वास र सद्भावप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको छ।

प्रकाशित: २८ श्रावण २०८३ १६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App