१ असार २०८३ सोमबार
image/svg+xml
कर्पोरेट

सुरक्षित समाज निर्माणमा मुक्तिनाथ विकास बैंकको सहयोग

संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मुक्तिनाथ विकास बैंकले समुदायको सुरक्षा तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न जिल्लाका प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय तथा ट्राफिक प्रहरी कार्यालयहरूलाई आवश्यक कार्यालय सामग्रीहरू सहयोग गरेको छ।

बैंकले जिल्ला प्रहरी कार्यालय, घोराही–दाङ, जिल्ला प्रहरी कार्यालय, धादिङ तथा बाँके जिल्लाको साईगाउँ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय, काँकरभिट्टा–झापालाई कम्प्युटर, फर्निचर तथा कार्यालय सामग्रीहरू हस्तान्तरण गरेको छ। 

साथै, ट्राफिक प्रहरी कार्यालय, बर्दिया–गुलरिया लाई रोड डिभाइडर तथा सचेतनामूलक बोर्डहरू सहयोग गरेको छ। उक्त सहयोगले प्रहरी कार्यालयहरूको प्रशासनिक कार्यसम्पादन, अभिलेख व्यवस्थापन तथा सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

स्थानीय आवश्यकता र समुदायको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिएका यस्ता कार्यक्रममार्फत बैंकले सामाजिक विकास, सुशासन तथा सार्वजनिक संस्थाहरूको क्षमता अभिवृद्धिमा योगदान पुर्‍याउँदै आएको छ। बैंकले आगामी दिनमा पनि समाजको दिगो विकास तथा स्थानीय समुदायको सशक्तीकरणका लागि विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ।

प्रकाशित: १ असार २०८३ १४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App