२६ चैत्र २०८२ बिहीबार
image/svg+xml
बजार

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४७ रुपैयाँ ८४ पैसा र बिक्री दर १४८ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ८ पैसा र बिक्री दर १७३ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिद दर १९९ रुपैयाँ ९ पैसा र बिक्री दर १९९ रुपैयाँ ९० पैसा, स्विस फ्र्याङ्क एकको खरिद दर १८७ रुपैयाँ ७० पैसा र बिक्री दर १८८ रुपैयाँ ४६ पैसा कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर १०४ रुपैयाँ २९ पैसा र बिक्री दर १०४ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०६ रुपैयाँ ६७ पैसा र बिक्री दर १०७ रुपैयाँ ११ पैसा, सिंगापुर डलर एकको खरिद दर ११६ रुपैयाँ १० पैसा र बिक्री दर ११६ रुपैयाँ ५७ पैसा तोकिएको छ। जापानी येन १० को खरिद दर नौ रुपैयाँ ३४ पैसा र बिक्री दर नौ रुपैयाँ ३८ पैसा, चिनियाँ युआन एकको खरिद दर २१ रुपैयाँ ६५ पैसा र बिक्री दर २१ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३९ रुपैयाँ ४० पैसा र बिक्री दर ३९ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिद दर ४० रुपैयाँ ५५ पैसा र बिक्री दर ४० रुपैयाँ ७१ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर चार रुपैयाँ ६३ पैसा र बिक्री दर चार रुपैयाँ ६५ पैसा, युएई दिराम एकको खरिद दर ४० रुपैयाँ २५ पैसा र बिक्री दर ४० रुपैयाँ ४२ पैसा, मलेसियन रिंगेट एकको खरिद दर ३७ रुपैयाँ १८ पैसा र बिक्री दर ३७ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २ पैसा र बिक्री दर १० रुपैयाँ ६ पैसा, स्विडिस क्रोनर एकको खरिद दर १६ रुपैयाँ ३ पैसा र बिक्री दर १६ रुपैयाँ १९ पैसा र डेनिस क्रोनर एकको खरिद दर २३ रुपैयाँ १६ पैसा र बिक्री दर २३ रुपैयाँ २६ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिद दर ४८२ रुपैयाँ ३५ पैसा र बिक्री दर ४८४ रुपैयाँ ३१ पैसा, बहराइन दिनार एकको खरिद दर ३९१ रुपैयाँ ७३ पैसा र बिक्री दर ३९३ रुपैयाँ ३२ पैसा, ओमानी रियाल एकको खरिद दर ३८४ रुपैयाँ र बिक्री दर ३८५ रुपैयाँ ५६ पैसा रहेको छ। 

भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित: २६ चैत्र २०८२ ०६:११ बिहीबार