२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्य सस्तियो

स्थानीय बजारमा सुनको मूल्यमा सामान्य गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (आज) सुन दुई लाख ४९ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि बिहीबार सुन दुई लाख ५० हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। यसले सुनको मूल्यमा ५०० रुपैयाँको कमी भएको छ।

त्यस्तै चाँदी तीन हजार दुई सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ। बिहीबार चाँदी तीन हजार तीन सय ४५ रुपैयाँ कायम भएको थियो। यसले चाँदीको मूल्यमा ६० रुपैयाँको गिरावट आएको छ।

प्रकाशित: २८ कार्तिक २०८२ १०:५७ शुक्रबार