२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
बजार

आज सुन र चाँदी दुवैको मूल्य बढ्यो

नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला तीन लाख ११ हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ। हिजो सोमबार सुन प्रतितोला तीन लाख १० हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि मंगलबार वृद्धि भएको छ। सोमबार प्रतितोला पाँच हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ५० रुपैयाँले बढेर प्रतितोला पाँच हजार चार सय पाँच रुपैयाँ पुगेको छ।

प्रकाशित: १९ जेष्ठ २०८३ १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App