४ चैत्र २०८२ बुधबार
image/svg+xml
बजार

नेपालमा प्रोटोनको उपस्थिति विस्तार, पोखरामा खुल्यो नयाँ शोरुम

प्रोटोन नेपालले देशभर विद्युतीय गतिशीलतालाई तीव्र पार्ने ब्रान्डको अभियानमा महत्वपूर्ण कोशेढुङ्गाको रुपमा पर्यटकीय शहर पोखरामा आफ्नो पछिल्लो शोरुम आधिकारिक रूपमा खोलेको छ ।  

पोखराको बुद्ध चोकमा खोलिएको नयाँ शोरुमले ग्राहकहरूलाई प्रोटोनको प्रमुख विद्युतीय सवारी साधन प्रोटोन इमास७ को प्रत्यक्ष अनुभव प्रदान गर्ने छ ।

काठमाडौंमा सफल सुरुवात पछि, पोखरा खोलिएको शोरुम,  २०२५ सम्ममा राष्ट्रव्यापी विद्युतीय सवारी साधन (इभि) नेटवर्क स्थापना गर्ने प्रोटोनको फराकिलो योजनाको महत्वपूर्ण हिस्सा हो ।  

यस अवसरमा प्रोटोनले सम्भावित ग्राहकहरूको लागि टेस्ट ड्राइभ दर्ता, व्यक्तिगत परामर्श, र सजिलो फाइनान्स र सरकारी अनुदान विकल्पहरूमा बारे पनि सहजीकरण गरेको छ ।

बिक्री पछिको सेल्स सपोर्टलाई अझ विश्वासिलो बनाउन, नेपालमा प्रोटोनको आधिकारिक वितरक जगदम्बा मोटर्सले ग्राहकहरूलाई विश्वस्तरीय सेवा सुनिश्चित गर्दै पोखरा भित्र तेस्रो सर्भिस सेन्टरको स्थापना गरेको छ ।

शोरुमको उद्घाटन प्रमुख अतिथि वेस्टर्न अटोमोबाइल्स डिलर्स एसोसिएसनका अध्यक्ष कृष्ण श्रेष्ठले गर्नुभएको थियो र कार्यक्रममा वडाको कार्यकारी समिति, एफएनसीसीआईको कार्यकारी समिति, होटल एसोसिएसन नेपाल(पोखरा च्याप्टर, एनवाईईएफका कार्यकारीहरू र मिडियाका सदस्यहरू जस्ता प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो ।

शोरुम उद्घाटन पछि, प्रतिष्ठित व्यक्तिहरू, मिडिया र स्थानीय अटोमोटिभ प्रेमीहरूको उपस्थितिमा नयाँ ईमास ७ प्रस्तुत गरिएको थियो । उपस्थित पाहुनाहरूलाई प्रोटोन ईमास ७ को प्रमुख विशेषता, यसको स्मार्ट प्रविधि र दिगो यातायातप्रतिको प्रतिबद्धता बारेमा जानकारी गराइएको थियो ।

यस अवसरमा जगदम्बा मोटर्स, प्रोटोन नेपालका कार्यकारी निर्देशक अखिल गुप्ताले भने,'प्रोटोन नेपाललाई प्राकृतिक सौन्दर्य र अग्रगामी मानसिकता दुवैलाई मूर्त रूप दिने शहर पोखरामा ल्याउन पाउँदा हामी गर्व गर्छौं । यो विस्तारको साथ, हामी पश्चिमी क्षेत्रभरका व्यक्ति र परिवारहरूका लागि स्वच्छ र स्मार्ट गतिशीलतालाई अझ पहुँचयोग्य बनाउने लक्ष्य राखेका छौं र यो त सुरुवात मात्र हो ।'

नेपाल विद्युतीय यातायात र वातावरणीय चेतनातर्फ द्रुत गतिमा अघि बढिरहेको बेला, पोखरामा प्रोटोनको विस्तारले देशको स्वच्छ ऊर्जा क्रान्तिमा अग्रणीको रूपमा आफ्नो स्थानलाई पुनस् पुष्टि गरेको छ ।

यस अवसरमा जगदम्बा मोटर्सले पहिलो हप्ताको लागि पोखरामा प्रोटोन ग्राहकहरूको लागि शुन्य प्रतिशत ब्याजदरको घोषणा गरेको छ । यसका साथै प्रोटोनले पोखराको अटोमोबाइल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने विश्वास गरिएको छ ।

प्रकाशित: १३ श्रावण २०८२ १६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App