१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
बजार

सांग्रिला मोटर्सद्वारा लिपमोटर C10 का लागि रु. ७५.९९ लाखको विशेष मूल्य घोषणा

गोल्छा अर्गनाइजेसनअन्तर्गत नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि. ले आफ्नो विद्युतीय एसयूभी लिपमोटर C10 को २०२६ मोडलका लागि रु. ७५.९९ लाखको विशेष अफर मूल्य घोषणा गरेको छ। विशेष अफरपछि यसको मूल्य रु. ७७.९९ लाख कायम हुने कम्पनीले जनाएको छ।

C10 को २०२६ मोडलमा नयाँ स्मार्ट कनेक्टिभिटी सुविधाहरू समावेश गरिएको छ। यसमा आधिकारिक लिपमोटर एपसँगै एप्पल कारप्ले र एन्ड्रोइड अटोको सुविधा उपलब्ध छ।

C10 नेपालमा लिपमोटरको सबैभन्दा बढी बिक्री भएको र रुचाइएको गाडी रहेको कम्पनीको दाबी छ। उच्च सुरक्षा र फराकिलो केबिन स्पेसका लागि सेल–टु–चेसिस (CTC) प्रविधिमा निर्माण गरिएको यस एसयूभीमा १६० किलोवाट क्षमताको विद्युतीय रियर–ह्वील ड्राइभ (RWD) मोटर जडान गरिएको छ।

यसले एकपटकको पूर्ण चार्जमा ५३० किलोमिटर (CLTC) सम्मको रेन्ज र १९० मिलिमिटर ग्राउन्ड क्लियरेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ।

C10 को इन्टेरियरमा १४.६ इन्चको सेन्ट्रल टचस्क्रिन, १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, २.१ वर्गमिटरको प्यानोरमिक ग्लास रूफ, L2 ADAS सुरक्षा सुविधा तथा आरामदायक प्रिमियम लेदर सिट उपलब्ध छन्।

सांग्रिला मोटर्सले आफ्ना सम्पूर्ण अवलोकनकर्ता तथा ग्राहकहरूले देखाएको विश्वास र सहयोगका लागि हार्दिक आभार व्यक्त गरेको छ।

माजेराटी, अल्फा रोमियो र प्युजो लगायत विश्वप्रसिद्ध १४ वटा ब्रान्डहरूको प्रख्यात अटोमोटिभ समूह स्टेलान्टिससँगको विश्वव्यापी सहकार्यमा सञ्चालित लिपमोटर चीनको नम्बर १ स्टार्ट–अप न्यू इनर्जी भेहिकल (NEV) ब्रान्ड रहेको कम्पनीले जनाएको छ।

लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको छ। कम्पनीका अनुसार जुलाई महिनामा मात्रै १ लाखभन्दा बढी युनिट बिक्री भएका थिए।

विश्वका ५० भन्दा बढी देशमा फैलिएको १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूको विस्तृत सञ्जालमार्फत लिपमोटरले आफ्ना ग्राहकलाई भरपर्दो र विश्वस्त स्वामित्व अनुभव प्रदान गर्दै आएको कम्पनीले जनाएको छ।

प्रकाशित: १२ भाद्र २०८३ १६:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App