१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
बजार

सामसङ स्मार्ट प्लाजा इमाडोल ललितपुरमा उद्घाटन

सामसङ स्मार्ट प्लाजाले सोमबार, ११ मे २०२६ मा इमाडोल, ललितपुरमा आफ्नो नयाँ पन्ध्रौँ आउटलेटको औपचारिक उद्घाटन गरेको छ । यससँगै नेपालमा सामसङको खुद्रा उपस्थिति अझ सुदृढ बनेको कम्पनीले जनाएको छ ।

उक्त शोरुमको उद्घाटन सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ यू के जङ, गोल्छा ग्रुपका प्रबन्ध निर्देशक शेखर गोल्छा तथा हिम इलेक्ट्रोनिक्सकी निर्देशक सीमा गोल्छाले संयुक्त रूपमा गर्नुभएको हो । कम्पनीका अनुसार यो उद्घाटन सामसङको नवप्रवर्तन, पहुँचयोग्यता र उत्कृष्ट ग्राहक अनुभवप्रतिको प्रतिबद्धताको अर्को महत्वपूर्ण कोशेढुंगा हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जङले नेपालमा सामसङको किफायती, पहुँचयोग्य र सहज ओम्नी–च्यानल ग्राहक अनुभवप्रतिको ध्यानलाई पुनः पुष्टि गरेको बताए। उनले विभिन्न उत्पादनमा २४ महिनासम्मको इएमआई सुविधा विस्तार गरिएकाले अब धेरै नेपाली परिवारले प्रिमियम स्मार्टफोन, टिभी र होम एप्लायन्स थप वित्तीय लचकतासहित प्राप्त गर्न सक्ने उल्लेख गरे।  

उनले सामसङको ओम्नी–च्यानल इकोसिस्टममार्फत डिजिटल र भौतिक खुद्रा अनुभवलाई एकीकृत गर्ने प्रयासबारे पनि प्रकाश पारेका थिए। ग्राहकले सामसङ प्लाजा डट कम डट एनपीमार्फत सजिलै अनलाइन अर्डर गर्न, प्रिमियम उत्पादन अनुभव तथा विश्वसनीय परामर्शका लागि नजिकैको सामसङ प्लाजा भ्रमण गर्न र ‘बाइ अनलाइन, पिक अप इन स्टोर’ सेवा छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।

जङले सामसङको रेमिट्यान्स रिवार्ड प्रोग्रामबारे पनि विशेष उल्लेख गर्दै विदेशमा रहेका आफन्तसँग जोडिएका नेपाली परिवारलाई सामसङ उत्पादनमार्फत सहज अनुभव, विशेष लाभ तथा विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले यो योजना ल्याइएको जानकारी गराए।  

कम्पनीका अनुसार सामसङ प्लाजा केवल बिक्री केन्द्र मात्र नभई ग्राहकले उत्पादन हेर्न, छुन, तुलना गर्न तथा विश्वसनीय परामर्श प्राप्त गर्न सक्ने अनुभव केन्द्रका रूपमा डिजाइन गरिएका छन् । नयाँ सामसङ स्मार्ट प्लाजामा स्मार्टफोन, टेलिभिजन, होम एप्लायन्स तथा उन्नत इलेक्ट्रोनिक्ससहित सामसङका आधिकारिक उत्पादनहरूको विस्तृत दायरा उपलब्ध रहेको छ ।  

सामसङ स्मार्ट प्लाजाले इमाडोल तथा आसपास क्षेत्रका ग्राहकलाई नयाँ आउटलेट भ्रमण गरी अझ स्मार्ट र जोडिएको किनमेल अनुभव लिन आमन्त्रण गरेको छ ।

प्रकाशित: २८ वैशाख २०८३ २०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App