२१ मंसिर २०८२ आइतबार
image/svg+xml
बजार

सामसङ नेपालको ‘तिहारको मूड, सबै गुड !’ अफर सुरु, के छ यसमा ?

तिहारको उल्लासमय अवसरमा सामसङ नेपालले ल्याएको छ आकर्षक अफर— ‘तिहारको मूड, सबै गुड!’ । यो विशेष क्याम्पेनले देशभरका ग्राहकहरूलाई क्यासब्याक अफरका साथै साप्ताहिक र बम्पर लक्कीड्र पुरस्कार जित्ने सुनौलो अवसर प्रदान गर्दै यस वर्षको तिहारलाई अझ रोचक र उज्यालो बनाउने छ ।  

यो विशेष अफर यही असोज २६ आजदेखि कार्तिक ३०, २०८२ सम्म देशभरका अधिकृत सामसङ विक्रेताहरूमा लागु हुनेछ । यस अवधिमा ग्राहकहरूले सामसङका नयाँ मोडलका टेलिभिजन, फ्रिज र वाशिङ मेसिनहरूमा उल्लेखनीय छुटका साथ खरिद गर्न सक्नेछन् ।  

अफरका मुख्य आकर्षणहरू:  

सामसङले आफ्ना लोकप्रिय होम एप्लायन्समा क्यासब्याक र एक्सचेन्ज बोनस उपलब्ध गराएको छ-  

कोटि क्यासब्याक एक्सचेन्ज बोनस

टिभी ३५% सम्म रु. ५,००० सम्म

फ्रिज १९% सम्म रु. ६,००० सम्म

वाशिङ मेसिन २४% सम्म रु. ७,००० सम्म  

लक्की ड्रमार्फत आकर्षक पुरस्कारहरू:  

ग्राहकहरूले खरिद गरेको उत्पादनको आधारमा साप्ताहिक र बम्पर उपहार जित्ने अवसर पनि पाउनेछन्।  

उत्पादन साप्ताहिक पुरस्कार बम्पर पुरस्कार:

टिभी साउन्डबार ३५ लिटर बिस्पोक एआई फ्रिज

फ्रिज २३ लिटर माइक्रोवेभ ओभन ९ केजी फ्रन्ट लोड वाशिङ मेसिन

वाशिङ मेसिन २३ लिटर माइक्रोवेभ ओभन ६५” UHD टिभी

लक्की ड्रमा सहभागी हुने तरिका:

ग्राहकहरूले सामसङको टिभी, फ्रिज वा वाशिङ मेसिन खरिद गरेपछि उत्पादनको सिरियल नम्बर SMS मार्फत पठाएर भाग लिन सक्नेछन् । Samsung [Serial Number] लेखी ३५००१ मा पठाउनुहोस् (उदाहरण: Samsung XXXXXXXXXXXXXXX)। पठाएपछि तुरुन्तै SMS मार्फत पुष्टि सन्देश प्राप्त हुनेछ। विजेताहरूको नाम हरेक साताको अन्त्यमा Samsung Plaza र Big Digital का फेसबुक तथा इन्स्टाग्राम पेजहरूमा सार्वजनिक गरिने छ ।

EMI सुविधा र एक्सचेन्ज बोनस:

सामसङले ग्राहकहरूको सहजताका लागि InstaFinance सेवामार्फत ०% ब्याजदरमा EMI सुविधा पनि उपलब्ध गराएको छ, जसका लागि केवल नागरिकता प्रमाणपत्र पर्याप्त हुनेछ। साथै, पुराना टिभी वा होम एप्लायन्सहरू ArkoStore वा नजिकको अधिकृत सामसङ स्टोर मार्फत साट्दा रु. ७,००० सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने छ ।  

तिहारलाई अझ उज्यालो र रमाइलो बनाउन सामसङको यो अफरले निश्चय नै घर–घरमा खुशी थप्नेछ । सामसङ भन्छ- ‘तिहारको मूड, सबै गुड!’

प्रकाशित: २६ आश्विन २०८२ २०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App