प्रोटोन मलेसिया र जगदम्बा मोटर्सले नेपालको विद्युतीय मोबिलिटी भविष्यलाई अघि बढाउँदै मलेसियाको पहिलो स्वदेशी इलेक्ट्रिक गाडी Proton e.MAS7 काठमाडौँमा सार्वजनिक गरेका छन्।
२०१८ देखि आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा आएको यो EV, Geely सँगको प्रविधि र डिजाइन सहयोगमा विकास गरिएको हो।
प्रोटोनका सीइओ डा. ली चुनरोङ र प्रोटोन इन्टरनेशनलका सीइओ एडमन्ड लिम मेन्ग थोङले नेपालमा दीर्घकालीन प्रतिबद्धता जनाउँदै बिक्रीपछिको सेवा, मौलिक पार्ट्स र प्रमाणित प्राविधिकमार्फत ग्राहकलाई सहज सेवा दिने बताए।
जगदम्बा मोटर्सले २०२५ भित्र १२ वटा शोरुम र सर्भिस सेन्टर सञ्चालन गर्ने लक्ष्य लिएको छ।
Proton e.MAS 7 हाल मलेसियामा सबैभन्दा बढी बिक्री हुने EV SUV बनेको छ र अब नेपालमा समेत सफल बनाउने लक्ष्य राखिएको छ।
प्रकाशित: २ भाद्र २०८२ १८:४८ सोमबार





