३ असार २०८३ बुधबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

मंगलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ। सुन तोलामा रु ७०० ले घटेको छ भने चाँदीको मोल भने रु १५ ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ७१० कायम भएको छ। हिजो (मंगलबार) एक तोला छापावाल सुन रु तीन लाख दुई हजार ९०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६९५ मा खरिदबिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२५ र त्यति नै परिमाणको चाँदी ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ३० वैशाख २०८३ १०:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App