२१ जेष्ठ २०८३ बिहीबार
image/svg+xml
बजार

विराटनगरमा नयाँ ओमोडा प्रोको बिक्रि सुरू

विराटनगरमा नयाँ ओमोडा  इ५ प्रोको बिक्रि सुरू भएको छ । पायोनियर मोटो कर्प प्रालिले विराटनगरमा नयाँ विद्युतीय एसयूभी ओमोडा इ५ प्रोको बिक्रि सुरू गरेको  छ । ओमोडा जाएकोको आधिकारिक विक्रेतासमेत रहेको कम्पनीले बजारमा सफलतापूर्वक स्थापि ओमोडा इ५को नयाँ संस्करणका रूपमा इ५ प्रोको बिक्रि सुरु गरेको जनाएको छ ।  

कम्पनीका अनुसार नेपालमा ओमोडा इ५ले हालसम्म १ हजार ५ सय  भन्दा बढी युनिट बिक्रीको उपलब्धि हासिल गरिसकेको छ । सोही सफलतालाई निरन्तरता दिन अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र प्रिमियम ड्राइभिङ अनुभवसहित नयाँ इ५ प्रो बजारमा ल्याइएको हो । 

याँ ओमोडा इ५ प्रोमा  ५० .७ किलोवाट–घण्टा क्षमताको ब्याट्री, ९९ किलोवाटको विद्युतीय मोटर र २८८ न्यूटन मिटर टर्क रहेको छ । यसले एक पटकको पूर्ण चार्जमा ३५० किलोमिटरसम्मको दूरी तय गर्न सक्ने कम्पनीको दाबी छ । साथै १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १८ इन्चका अलोय ह्विलका कारण नेपाली सडकका लागि उपयुक्त रहेको बताइएको छ । 

गाडीमा भित्री भागमा प्रिमियम इन्टेरियर, इलेक्ट्रिक सनरुफ, ड्राइभर मसाज सिट, ८ वटा क्यलथ स्पिकरसहितको इमर्सिभ अडियो प्रणाली तथा १५.६ इन्चको ठूलो इन्फोटेनमेन्ट डिस्प्ले जस्ता सुविधा रहेका छन् ।  

नयाँ  ओमोडा इ५ प्रोको मूल्य सिंगल टोन भेरियन्टका लागि ५२ लाख ५१ हजार रुपैयाँ र डुअल टोन भेरियन्टका लागि ५२ लाख ९१ हजार रुपैयाँ निर्धारण गरिएको छ । सार्वजनिक भएको अवसरमा पहिलो ५० ग्राहकलाई ४९ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य तथा एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

बिक्रिको सुभारम्भ सारडा ग्रुपका निर्देशक पवनकुमार सारडा, अमित सारडालगायतले संयुक्त रुपमा गरेका थिए । 

प्रकाशित: २० जेष्ठ २०८३ १७:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App