लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि., नेपालका लागि ह्युन्डाई गाडीका आधिकारिक वितरकले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको विजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ।
विजेता कुवेरा कन्स्ट्रक्सन प्रा.लि.लाई “LAXperience2025” को दोस्रो दिन नयाँ ह्युन्डाई भेन्यू १.२ प्रदान गरिएको छ।
दशैं–तिहारको अवसर पारेर २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको योजना अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड मार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्सचेन्ज बोनसजस्ता सुविधा पाएका थिए।
ह्युन्डाई नेपालले विजेता कुवेरा कन्स्ट्रक्सनलाई हार्दिक बधाई दिंदै, योजनामा सहभागी सबै ग्राहकप्रति आभार व्यक्त गरेको छ।
प्रकाशित: ९ भाद्र २०८२ १४:४० सोमबार

