११ चैत्र २०८२ बुधबार
image/svg+xml
बजार

सुनको मूल्यमा १४ हजार ६ सयको उछाल, चाँदी पनि बढ्यो

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बुधबार (आज) भारी वृद्धि भएको छ। केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्यमा आज एकैदिन १४ हजार ६ सय रुपैयाँको भारी वृद्धि देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८८ हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला दुई लाख ७३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। 

सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ। मंगलबार प्रतितोला चार हजार ५०५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४१५ रुपैयाँले बढेर चार हजार ९२० रुपैयाँ पुगेको छ।

प्रकाशित: ११ चैत्र २०८२ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App