२४ जेष्ठ २०८३ आइतबार
image/svg+xml
बजार

सुनको मूल्य आठ हजार २०० ले घट्यो

स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा आठ हजार दुई सय रुपैयाँ र चाँदी ३३५ रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मोल तीन लाख आठ सय रुपैयाँ कायम भएको छ। एक तोला चाँदीको मूल्य चार हजार ८९५ रुपैयाँ निर्धारण भएको छ।

गत शुक्रबार एक तोला सुन तीन लाख नौ हजार रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २३० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

प्रकाशित: २४ जेष्ठ २०८३ १०:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App