७ चैत्र २०८२ शनिबार
image/svg+xml
बजार

सुनको मूल्य ७८ सयले घट्यो

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात हजार ८०० रुपैयाँले घटेको छ।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ५०० रुपैयाँ तोकिएको छ। हिजो (बिहीबार) सुन प्रतितोला तीन लाख दुई हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ। आज चाँदी प्रतितोला चार हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य प्रतितोला पाँच हजार १० रुपैयाँ कायम भएको थियो। आज चाँदीको मूल्यमा प्रतितोला १५ रुपैयाँले कमी आएको छ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा यस्तो ठूलो फेरबदल आएको महासंघले जनाएको छ।

प्रकाशित: ६ चैत्र २०८२ १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App