६ मंसिर २०८३ आइतबार
image/svg+xml
बजार

आज पनि घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा आइतबार पनि सुन र चाँदी दुबैको मूल्य घटेको छ।

आज सुन प्रतितोला दुई हजार आठ सय रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुन प्रतितोला १२ हजार दुई सय रूपैयाँले घटेको थियो।

यससँगै, आइतबार सुन प्रतितोला दुई लाख ४२ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ४५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदी प्रतितोला ४५ रूपैयाँले घटेको छ। यससँगै आज चाँदी प्रतितोला तीन हजार ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८३ ११:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App