२४ भाद्र २०८३ बुधबार
image/svg+xml
बजार

तीन हजारले घट्यो सुन, चाँदी पनि सस्तियो

नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

आज सुन प्रतितोला तीन हजार रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै आज सुन प्रतितोला तीन लाख दुई हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला  ४० रूपैयाँले घटेर चार हजार सात सय ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८३ ११:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App