२४ आश्विन २०८३ शनिबार
image/svg+xml
बजार

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा बुधबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।

आज सुन प्रतितोला आठ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै बुधबार सुन प्रतितोला दुई लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १० रूपैयाँले बढेर प्रतितोला चार हजार चार सय २५ रूपैयाँमा कारोबार भइरहेको महनसंघले जनाएको छ।

प्रकाशित: २१ आश्विन २०८३ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App