४ आश्विन २०८३ आइतबार
image/svg+xml
बजार

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।

आज सुन प्रतितोला २ हजार १०० रुपैयाँ र  चाँदी प्रतितोला २० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै, आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन प्रतितोला ३ लाख ३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदी प्रतितोला ४ हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: ४ आश्विन २०८३ ११:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App