२१ असार २०८३ आइतबार
image/svg+xml
बजार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको छ।

अघिल्लो कारोबारको तुलनामा आज सुन प्रतितोला एक हजार चार सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै सोमबार सुन प्रतितोला दुई लाख ८२ हजार चार सय रुपैयाँमा कारोबार भईरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ८३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला चार हजार ३१० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

प्रकाशित: १५ असार २०८३ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App