२८ आश्विन २०८३ बुधबार
image/svg+xml
बजार

आज पनि घट्यो सुनचाँदीको मूल्य

बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा दुई हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १०० रुपैयाँ घटेको हो।

महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला दुई लाख ८९ हजार ५०० रुपैयाँ कायम भएको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँ घटेको छ। मंगलबार प्रतितोला चार हजार ३५५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार चार हजार २५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: २८ आश्विन २०८३ १०:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App