३० कार्तिक २०८३ सोमबार
image/svg+xml
बजार

आज पनि घट्यो सुन र चाँदीको मूल्य

नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँ घटेर दुई लाख ६९ हजार १०० रुपैयाँ कायम भएको छ।

आइतबार सुन प्रतितोला दुई लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला तीन हजार ६०० रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ८० रुपैयाँ सस्तिएर तीन हजार ५२० रुपैयाँमा कारोबार हुँदैछ।

प्रकाशित: ३० कार्तिक २०८३ १०:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App