२७ श्रावण २०८३ बुधबार
image/svg+xml
बजार

सुन र चाँदीको मूल्यमा गिरावट

स्थानीय बजारमा बुधबार सुन तथा चाँदीको मूल्यमा ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुन र चाँदी दुवैको भाउ घटेको हो।

मंगलबार प्रतितोला तीन लाख सात हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक हजार २०० रुपैयाँले घटेर तीन लाख ६ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी, चाँदीको मूल्यमा पनि कमी आएको छ।

मंगलबार प्रतितोला चार हजार ७८० रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर चार हजार ७४५ रुपैयाँमा झरेको छ।

प्रकाशित: २७ श्रावण २०८३ १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App