१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
बजार

कालीमाटीमा केरा २६० रुपैयाँ *दर्जन

फाइल तस्बिर

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेडा ठुलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेडा सानो (लोकल) प्रतिकिलो ३५ रुपैयाँ, गोलभेडा सानो (भारतीय) प्रतिकिलो ४० रुपैयाँ, गोलभेडा सानो (तराई) प्रतिकिलो ४० रुपैयाँ, आलु रातो प्रतिकिलो २४ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३७ रुपैयाँ रहेको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ३५ रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ५५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ४५ रुपैयाँ, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ७० रुपैयाँ, काउली स्थानीय (तराई) प्रतिकिलो ५५ रुपैयाँ, रातो मुला प्रतिकिलो ३५ रुपैयाँ, सेतो मुला (हाइब्रिड) प्रतिकिलो ३० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ५५ रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ७० रुपैयाँ कायम भएको छ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो ८० रुपैयाँ, मटरकोसा प्रतिकिलो ९० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ३० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ४० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकिलो १२० रुपैयाँ, टाटेसिमी प्रतिकिलो १२० रुपैयाँ, भटमास कोसा प्रतिकिलो २५० रुपैयाँ, तिते करेला प्रतिकिलो ५० रुपैयाँ, लौका प्रतिकिलो ३० रुपैयाँ, परवर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, चिचिन्डो प्रतिकिलो ६० रुपैयाँ, घिरौँला प्रतिकिलो ४० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो) प्रतिकिलो २५ रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, भिन्डी प्रतिकिलो ५०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो ५० र स्कुस प्रतिकिलो ६० रुपैयाँ कायम गरिएको छ।

रायोसाग प्रतिकिलो ६० रुपैयाँ, पालुंगो प्रतिकेजी ११० रुपैयाँ, चमसुर प्रतिकिलो ११० रुपैयाँ, तोरीसाग प्रतिकिलो ४० रुपैयाँ, मेथी प्रतिकिलो ११० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १०० रुपैयाँ, बकुल्ला प्रतिकिलो ५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १५० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४५० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी १,००० रुपैयाँ निर्धारण गरिएको छ।

कुरिलो प्रतिकिलो ४५० रुपैयाँ, निगुरो प्रतिकिलो ८० रुपैयाँ, ब्रोकाउली प्रतिकिलो ६० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजीवन प्रतिकेजी १२० रुपैयाँ, कोइरालो प्रतिकिलो ३८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ४० रुपैयाँ, जिरीको साग प्रतिकिलो १६० रुपैयाँ, ग्याठकोभी प्रतिकिलो ५० रुपैयाँ, सेलरी प्रतिकिलो २०० रुपैयाँ, पार्सले प्रतिकिलो ११० रुपैयाँ, सौफको साग प्रतिकेजी ११० रुपैयाँ, पुदिना प्रतिकिलो १३० रुपैयाँ, गान्तेमुला प्रतिकिलो ५० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १४० रुपैयाँ, तोफु प्रतिकिलो १५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो २५० रुपैयाँ तोकिएको छ।

स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३२० रुपैयाँ, केरा दर्जन २६० रुपैयाँ, कागती प्रतिकेजी ३५० रुपैयाँ, अनार प्रतिकिलो ३८० रुपैयाँ, अंगुर (हरियो) प्रतिकिलो २३० रुपैयाँ, अंगुर (कालो) प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकिलो १६० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ४५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा १६० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ४० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो २५ रुपैयाँ, काँक्रो (लोकलक्रस) प्रतिकिलो ५० रुपैयाँ, रुखकटहर प्रतिकिलो ११० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो ९० रुपैयाँ र किबी प्रतिकिलो ४०० रुपैयाँ निर्धारण गरिएको छ।

यसैगरी, एभोकाडो प्रतिकिलो ८०० रुपैयाँ, अदुवा प्रतिकिलो १०० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४५० रुपैयाँ, खुर्सानी (हरियो) प्रतिकिलो ८० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ७० रुपैयाँ, माछे खुर्सानी प्रतिकिलो १०० रुपैयाँ, खुर्सानी अकबरे प्रतिकिलो ४०० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो ११० रुपैयाँ, हरियो लसुन प्रतिकिलो १२० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो १०० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १४० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो १२० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो १२० रुपैयाँ, माछा सुकेको प्रतिकिलो १,००० रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो ३१० रुपैयाँ र ताजा माछा (छडी) प्रतिकिलो ३०० रुपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: ६ वैशाख २०८३ ०८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App