१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
बजार

बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसरज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८३ को अवसरमा ‘बजाज न्यू इयरको क्यूआर’ नामक आकर्षक योजना सार्वजनिक गरेको छ ।  

‘अब क्युआर गरि क्यास तिर्ने हैन, क्यास जित्ने !’ भन्ने नारासहित ल्याइएको यस योजनाले ग्राहकलाई डिजिटल माध्यममार्फत रमाइलो गर्ने मात्रै होइन पुरस्कार नै जित्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।  

यस योजना अन्तर्गत ग्राहकहरूले बजाजका आधिकारिक शोरुमहरू लगायत विभिन्न सञ्चार माध्यम तथा सामाजिक सन्जाल र अन्य जहाँसुकै राखिएको भएपनि क्यूआर कोड स्क्यान गरी गेम खेल्न सक्नेछन् ।  

हरेकदिन सहभागीहरू मध्ये भाग्यशाली एक जना विजेताले स्मार्ट वाच जित्नेछन् । साथै, बजाज खरिदकर्ताले अधिकतम १ लाख रुपैयाँसम्म नगद पुरस्कार तथा अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि पाउनेछन् ।

कम्पनीका अनुसार हालसम्म क्यूआर कोड मुख्यतः भुक्तानीका लागि प्रयोग हुँदै आएकोमा अब ग्राहकहरूले सोही माध्यमबाट नगद जित्ने नयाँ र उत्साहजनक अनुभव लिन सक्नेछन् ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै हामीले ग्राहकहरूलाई नयाँ र रोचक अनुभव दिन खोजेका हौं । क्यूआर स्क्यान गरेर नगद जित्ने अवसरले ग्राहकहरूलाई थप उत्साहित बनाउने विश्वास लिएका छौं ।”

बजाजको यो क्युआर योजना देशभर रहेका बजाजका सबै आधिकारिक शोरुमहरूमा लागू हुनेछ । ग्राहकहरूले सो स्थानमा उपलब्ध क्यूआर कोड स्क्यान गरी सजिलै यस योजनामा सहभागी भई विभिन्न उपहारहरु जित्न सक्नेछन् ।

नयाँ वर्षको अवसरमा ल्याइएको यस योजनाले बजाज मोटरसाइकल खरिद गर्न चाहने ग्राहकहरूलाई थप उत्साह र ऊर्जा प्रदान गर्ने कम्पनीको विश्वास रहेको विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित: १९ चैत्र २०८२ १९:४७ बिहीबार