२३ श्रावण २०८३ शनिबार
image/svg+xml
बजार

कृषिउपज सङ्कलन तथा बजारीकरण केन्द्र निर्माण हुँदै

भारत सरकारको सहयोगमा टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा रु १० करोड लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बजारीकरण केन्द्र निर्माण हुने भएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालका अनुसार केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन, सङ्कलनस्थल, ग्रेडिङ (वर्गीकरण) तथा प्राथमिक प्रशोधनका आवश्यक संरचना निर्माण हुने छन्।

केन्द्र निर्माणको पाँच प्रतिशत लागत पालिकाले व्यहोर्ने छ । केन्द्रको निर्माण चालु आर्थिक वर्षभित्रै प्रारम्भ गर्ने लक्ष्य छ । केन्द्र निर्माणपछि कृषिमा आधारित उद्यम विकासका साथै स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गरेर रोजगारीका अवसर बढाउने गाउँपालिकाको लक्ष्य छ । 

प्रकाशित: २३ श्रावण २०८३ ११:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App