१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
बजार

कपिलवस्तुमा खोल्यो एशिएन थाइ फुड्सले उद्योग

एशिएन थाइ फुड्स प्रालिले कपिलवस्तु नगरपालिका ६ गोबरीमा दोस्रो उद्योग कपिलवस्तुमा स्थापना गरिएको छ । २६ वर्षअघि सुनसरीको दुबहीमा उद्योग स्थापना गरेको सो प्रालिले दास्रो उद्योग कपिलवस्तुमा खोलेको हो । उद्योगबाट उत्पादनसमेत सुरु गरिएकोे छ ।  

४० करोड बढी लगानी र ढाइ बिघा क्षेत्रमा रहेको उधोगमा प्रीति, टु पिएम, रमपम लगायतका चाउचाउ र स्नेक्स उत्पादन गर्ने उद्योगका प्रबन्धक महेश जाजुले जानकारी दिए । मध्य र सुदूरपश्चिमका जिल्ला तथा भारतको मध्य र उत्तर प्रदेशमा समेत निर्यात गर्ने गरी उद्योग सञ्चालनमा ल्याइएको जाजुले बताए ।‘५वर्षदेखि दोस्रो शाखा बिस्तारको तयारी गरेका थियौं, अहिले संचालन गर्न सफल भएको हौ’ जाजुले भने । उनले यो उद्योगले लागतमा समते केही कटौती गर्ने र मजदुरको समेत समस्या नहुने बताए । प्रवन्धक जाजुले आफुहरुले उद्योगमा स्थानीय मजदुरहरुलाई नै प्राथमिकता दिने बताए ।

प्रतिदिन साढे चार लाख प्याकेट (१५ हजार कार्टुन) चाउचाउ उत्पादन गरिनेछ । उधोगमा उत्पादन भएका चाउचाउ ३० बढी देशमा निर्यात समेत हुने गरेको छ । पूर्णरुपमा उद्योग सञ्चालन भए उधोगमा २५० बढीले रोजगारी पाउने छन् । अहिले एक सिफ्टमा संचालन भएको उद्योग एक महिनाभित्रै ३ सिफ्टमा संचालन गरिने छ । उद्योगको तेस्रो प्लान्ट समेत आफुहरुले लागाउने योजनामा रहेको बताउँदै उनले भविष्यमा चिप्स, चिजबल स्पाइसी मसला लगायतको उत्पादन गर्ने लक्ष्य रहेको जानकारी दिए ।  

आफ्नो पालिकामा नेपाल कै दोस्रो ठुलो चाउचाउ उद्योग संचालन भएकोमा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले खुशी ब्यक्त गरे । ‘एशियन थाई फुड जस्तो प्रतिष्ठित उद्योगले दोस्रो प्लान्ट कपिलवस्तुमा बिस्तार गर्नु कपिलवस्तु कै लागि धेरै सुखद् कुरो हो’ उनले भने । उनले जिल्लामा उद्योग कलकारखाना बिस्तार गरी रोजगारी र्सजना गर्नु पर्ने बताए । यस्तै तौलिहवा उद्योग संघका अध्यक्ष गयादीन कुर्मी दिपुले कपिलवस्तु नगरपालिका भित्र उद्योग संचालन गर्नु सबैका लागि खुशीको कुरा भएको बताए । उनले यो उद्योगले जिल्ला सहित देश मै केही आर्थिक योगदान र रोजागरी सृजना गर्ने बताए ।  

प्रकाशित: २८ वैशाख २०८२ १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App