१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १:५८ पूर्वाह्न
बजार

नेपालमा नयाँ एमजी एस ५ इभी सार्वजनिकः विद्युतीय एसयूभी सेग्मेन्टमा नयाँ युगको सुरुवात

नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रतिक्षित एमजी एस ५ ईभी आधिकारिक रूपमा सार्वजनिक गरेको छ । जसले विद्युतीय सवारी साधन (ईभी) सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्य राखेको छ ।

लोकप्रिय एमजी जेडएस ईभीको उत्तराधिकारीका रूपमा प्रस्तुत गरिएको एमजी एस ५ ईभी अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन, र आधुनिक विद्युतीय सवारी प्रेमीहरूका लागि उत्कृष्ट विशेषताहरूको साथ आएको छ । उक्त सार्वजनिक कार्यक्रममा विशिष्ट अतिथिहरू लगायत बैंकका प्रमुख कार्यकारी अधिकृतहरु, विभिन्न कर्पोरेट हाउसका प्रतिनिधिसहित सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । 

एमजी एस ५ ईभी नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छन् । दुवै भेरियन्टमा ४९ किलोवाट प्रति घण्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले अधिकतम् २५० न्यूटन मिटर टर्क उत्पन्न गर्न सक्दछ । डिलक्स भेरियन्ट लामो दूरी तय गर्न सक्ने विशेष क्षमतासहित प्रस्तुत गरिएको छ, जसले उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि आकर्षक विकल्प प्रदान गर्छ । ४९ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर भएको आरामदायी र डिलक्स भेरियन्ट भएको एमजी एस ५ ईभीको सुरुवाती मूल्य क्रमशः ४३.९९ लाख र ४९.९९ लाख रहेको छ भने ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस ५ ईभीको मूल्य ५४.९९ लाख रहेको छ ।

समर्पित शुद्ध ईभी प्लेटफर्ममा निर्मित, एमजी एस५ ईभी को सेगमेन्टमा अग्रणी नवीनताहरू प्रस्तुत गर्दछ । यसमा विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान गरिएको छ, जसले सन्तुलित गुरुत्वाकर्षण केन्द्र सुनिश्चित गर्दै स्थिरता र कार्यक्षमतामा सुधार ल्याउँछ । यसमा रियर–व्हील ड्राइभ कन्फिगरेसन, पाँच स्वतन्त्र लिङ्क सस्पेन्सन प्रणाली, र उन्नत इन्जिनियरिङ्ग प्रयोग गरिएको छ, जसले ड्राइभिङ अनुभव र आरामदायी यात्रालाई नयाँ उचाइमा पुर्‍याउँछ । यी विशेषताहरूले एमजी एस ५ ईभीलाई मूल्यअनुसारको उत्कृष्ट विद्युतीय एसयुभि  बनाएको छ ।

सार्वजनिक कार्यक्रममा बोल्दै, एमजी मोटर्स नेपालका प्रतिनिधि जेनेरल म्यानेजर सुनिल बहादुर छेत्रीले भने, ‘एमजी एस ५ ईभी नवीनता, सुरक्षामा सुधार, र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । यसको नयाँ पुस्ताको प्रविधि र सेग्मेन्ट–अग्रणी विशेषताहरूका साथ, हामी विश्वस्त छौं कि एस ५ ईभी ले नेपालको इभि बजारमा नयाँ परिभाषा स्थापित गर्नेछ ।’

दिगोपनलाई प्राथमिकता दिँदै, एमजी मोटर्सले विद्युतीय सवारी साधनको क्षेत्रमा सीमा पार गर्दै आएको छ, जसले उपभोक्ताहरूको मागलाई पूरा गर्नेछ ।

प्रकाशित: २३ फाल्गुन २०८१ १७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App