१८ चैत्र २०८१ सोमबार
image/svg+xml २३:४३ अपराह्न
बजार

विद्यालय र अभिभावकमाझ लोकप्रिय बन्दै लोकोन्याभ सिप्रदी एप

सिप्रदी ट्रेडिङ प्रालिले स्कूलबसलाई लक्षित गरि सञ्चालनमा ल्याइएको जीपीएस ट्रयाकिङ र फ्लीट म्यानेजमेन्ट एप्लिकेसन  ‘लोकोन्याभ सिप्रदी एप’ पछिल्लो समय अभिभावक र विद्यालयमाझ  उपयोगी बनेसँगै लोकप्रिय बन्दै गइरहेको छ ।

सिप्रदीका अनुसार, सन् २०२२ जुलाईदेखि स्कूलबसलाई थप सुरक्षित एवं सहज यात्राको सारथीका रूपमा सञ्चालनमा ल्याइएको लोकोन्याभ सिप्रदीले आफ्नो पूर्व निर्धारित उद्देश्यमा सफलता पाएको छ ।

जसकारण अन्य विद्यालय र अभिभावकले समेत यसप्रति निकै चासो र अभिरुचि दर्शाउँदै गइरहेका कम्पनीले जनाएको छ । लोकोन्याभ सिप्रदी एप्लिकेसनले विद्यालय प्रशासनलाई गाडीको वास्तविक समय जीपीएस ट्रयाकिङ, रुट व्यवस्थापन, जियोफेन्स सेटिङको साथमा सम्पूर्ण गाडीको कार्य सम्बन्धी विश्लेषण रिपोर्ट पनि प्रदान गर्दै आइरहेको कम्पनीले जानकारी दिएको छ ।

यस्तै, एप्लिकेसनमा ओभर स्पीड, तीब्र ब्रेकिङ, अचानक एक्सिेलेरेशन जस्ता सुरक्षा सूचना समावेश गरिएको हुँदा यस्ता सूचनाहरूले विद्यालय प्रशासनलाई जोखिमयुक्त ड्राइभिङ गतिविधि पहिचान गर्न, चालकलाई गति सीमा र सुरक्षित ड्राइभिङ सम्बन्धी तालिम प्रदान गर्नका लागि मद्दत गर्ने गरेको कम्पनीको भनाइ छ ।

त्यसैगरी, सडक दुर्घटना, गाडी बिग्रिने वा अन्य आपतकालीन अवस्थामा तुरुन्तै घटनास्थलको लोकेसनबारे जानकारी प्रदान गर्ने र यसको सहायताबाट उद्दार, मर्मतसहितका सहायता कार्यमा सहजता प्रदान गरिरहेको सिप्रदीले जनाएको छ ।

यसबाट क्षतिलाई प्रयोगकर्ता मैत्री इन्टरफेस भएको यस एप्लिकेसनलाई विद्यालयहरूले आफ्ना विद्यमान विद्यालय व्यवस्थापन प्लेटफर्महरूमा सजिलै इन्ट्रीगेट गर्न पनि सफल भएको बताइएको छ ।

यसैगरी, अभिभावकहरूले पनि यस एप्लिकेसनमार्फत गाडी कुन स्थानमा छ वा काहाँ आइपुग्यो ? भनि सजिलै ट्र्याक गर्न सक्ने हुँदा आफ्ना बच्चाहरूलाई लिन वा पुर्‍याउन जाने समयको सहज व्यवस्थापन गर्नसक्नुका साथै बालबालिका सुरक्षितसाथ विद्यालय पुगेको वा घर फर्किएको सुनिश्चित गर्ने गर्दछ ।

एप्लिकेसनबारे थप जानकारी दिँदै कम्पनीले उल्लेख गरेको छ,‘प्रत्येक अभिभावकले आफ्ना बच्चाहरूको सुरक्षाबारे विश्वस्त रहन सकून् र विद्यालय प्रशासनले पनि आफ्ना यातायात प्रणाली पहिले भन्दा धेरै सुरक्षित, स्मार्ट र कुशलतापूर्वक सञ्चालन गर्न सकून् भन्ने कुराको सुनिश्चितता यस एपमार्फत हुँदै आइरहेको छ ।’

विद्यालय प्रशासन तथा अभिभावकलाई लक्षित गरि ल्याइएको यस एप्लिकेसनले स्कूलबसको सुरक्षा तथा सहज व्यवस्थापनमा नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले जनाएको छ । 

प्रकाशित: १७ माघ २०८१ १८:१२ बिहीबार

खुशी 100 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App