२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
अपराध

८८ ग्राम खैरो हेरोइनसहित महिला पक्राउ

प्रहरीले खैरो हेरोइनसहित एक महिलालाई पक्राउ गरेको छ।  

बिहीबार बिहान नागढुङगास्थित चेक प्वाइन्टमा यात्रुवाहक बसमा चेकजाँच गर्दा धनकुटा महालक्ष्मी नपा– ७ बस्ने ३० वर्षीय सविना अधिकारी पक्राउ परेकी हुन्।

नागढुङ्गा चेक प्वाइन्टमा राजविराजदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१–००६–ख ७४२० को यात्रुवाहक बसमा चेक गर्दा अधिकारीलाई खैरो हेरोइन ८८ ग्रामसहित पक्राउ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई प्रहरी वृत थानकोटमा राखि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ फाल्गुन २०८२ ११:२८ बिहीबार