उदयपुर प्रहरीले कर्तव्य ज्यानका फरार एक महिला अभियुक्तलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले कर्तव्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भए पनि फरार रहँदै आएकी मञ्जु खत्री कार्कीलाई पक्राउ गरेको हो।
कटारी नगरपालिका १० माइती भई सिन्धुलीको दुधौली नगरपालिका ७ डम्बरखाडी बिहे गरेकी खत्रीलाई कटारी नगरपालिका ४ तित्रीबोटबाट सोमबार राति पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उनीविरुद्ध जिल्ला अदालत उदयपुरले ५ महिना ३ दिन कैद र १० रुपैयाँ जरिवानाको फैसला सुनाइसकेको छ।
सोमबार पक्राउ परेकी ३३ वर्षीया कार्कीलाई इप्रका कटारीबाट मंगलबार सदरमुकाम गाईघाट ल्याएर बुधबार फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पठाइएको छ।
प्रकाशित: २ पुस २०८२ १२:२५ बुधबार





