ललितपुरको गोदावरी नगरपालिकामा आफ्नै श्रीमतीको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
गोदावरी नगरपालिका-१४, ठैवमा बस्दै आएका ४६ वर्षीय निरोज कुमार खड्कीले आफ्नी ३४ वर्षीया श्रीमती कमलामाया खड्कीको हत्या गरेको आरोपमा प्रहरीले उनलाई आइतबार बिहान पक्राउ गरेको हो।
प्रहरीका अनुसार, निरोजको कुटपिटबाट कमलामायाको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको टोलीले उनलाई तत्काल नियन्त्रणमा लिएको थियो।
प्रकाशित: १८ श्रावण २०८२ १५:१७ आइतबार





