२३ श्रावण २०८३ शनिबार
image/svg+xml
अपराध

सर्लाहीको बलरा नाका हुँदै भारततर्फ सौफी मदिरा बोकेका दुई पिकअप प्रहरी नियन्त्रणमा

फाइल तस्बिर

सर्लाही प्रहरीले सीमावर्ती भारततर्फ तस्करीका लागी लैजाँदै गरेको सौफी मदिरा लोड भएको दुईवटा पिकअप नियन्त्रणमा लिएको छ।

सर्लाहीको बलरा नगरपालिका हुँदै भारततर्फ अवैध रूपमा मदिरा तस्करी गर्न लैजाँदै गरेको अवस्थामा नेपाल प्रहरीले सौफी मदिरा लोड गरिएका दुई वटा पिकअप नियन्त्रणमा लिएको हो।

सोमबार बिहान करिब ९ बजेको समयमा बलरा नगरपालिका वडा नम्बर ३ लक्ष्मिपुर नाकाबाट प्रदेश २–०३–००१ ख ५१३५ नम्बरको सौफी मदिरा लोड गरेको बोलेरो पिकअप प्रहरीले नियन्त्रणमा लिएको हो।

त्यसैगरी बिहान करिब ११ बजे बलरा नगरपालिका–१ सेढवा गाउँबाट प्रदेश २–०३–००१ च ५६६८ नम्बरको अर्को मदिरा बोकेको पिकअप पनि नियन्त्रणमा लिएको प्रहरीले बताए।

दुवै सवारीसाधनमा ठुलो परिमाणमा सौफी मदिरा लोड गरिएको थियो। ती मदिरा भारततर्फ लैजाने तयारी भइरहेका बेला प्रहरीले विशेष निगरानीका क्रममा दुवै पिकअप नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

मदिराले खचाखच भरिएका दुवै पिकअपलाई इलाका प्रहरी कार्यालय गडहियामा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताए।

यस घटनापछि बलरा सीमा नाकाबाट मदिरासहित विभिन्न सामानको अवैध ओसारपसार हुने गरेको भन्दै स्थानीयवासीले सीमा क्षेत्रमा निगरानी थप कडा बनाउन सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रकाशित: ११ श्रावण २०८३ १४:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App