१८ मंसिर २०८२ बिहीबार
image/svg+xml २०:११ अपराह्न
अपराध

झण्डै ८ किलो हेरोइनसहित विमानस्थलबाट दुई भारतीय पक्राउ

लागुऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सेतो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ब्यूरोले दुई दिनको फरकमा कुल ७ किलो ८०० ग्राम सेतो हेरोइन बरामद गरेको हो। बरामद हेरोइनको अन्तर्राष्ट्रिय बजार मूल्य करोडौं पर्ने अनुमान गरिएको छ।

No description available.

ब्यूरोको विमानस्थलस्थित शाखाबाट खटिएको प्रहरी टोलीले हवाई मार्गबाट आउने यात्रुहरूको निगरानी गर्ने क्रममा लाओसबाट बैंकक हुँदै काठमाडौं आएका उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार, पहिलो घटनामा भारतको उत्तर प्रदेश जानुनपुरका ३५ वर्षीय फिरोज अहमदलाई ४ किलो सेतो हेरोइनसहित पक्राउ गरिएको थियो। उनलाई विमानस्थलको आगमन कक्षबाट पक्राउ गरिएको ब्यूरोले जनाएको छ।

त्यसैगरी, अर्को दिन सोही रुटबाट काठमाडौं आएका भारत तमिलनाडुका ३२ वर्षीय मौलेस्वरन नन्जुन्दामूर्ती कुरनल वेललाई ३ किलो ८०० ग्राम सेतो हेरोइनसहित पक्राउ गरिएको हो।

पक्राउ परेका दुवै जनामाथि लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० श्रावण २०८२ १५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App