११ पुस २०८२ शुक्रबार
image/svg+xml
अपराध

नक्कली नोटसहित दुई पक्राउ

कोशी गाउँपालिका-८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाका अनुसार भारतबाट नेपालतर्फ आउँदै गरेको लु९२प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले नक्कली नोटसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका-१ का २५ वर्षीय राजेश चमार रजक छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले गए राति नियन्त्रणमा लिएको प्रवक्ता खतिवडाले जानकारी दिए।  

प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट जम्मा रु ३८ हजार फेला परेको हो। 

बरामद नक्कली नोट र प्रयोग गरिएको मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: २१ श्रावण २०८२ १०:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App