२७ आश्विन २०८३ मंगलबार
image/svg+xml
समाज

बूढीगण्डकीमा बिहानै बाढी उर्लिएपछि सुरक्षित स्थानमा जान प्रहरीको आग्रह

बूढीगण्डकी नदीमा आइतबार बिहान बहाव अत्यधिक बढेपछि गोरखाको चुमनुब्री गाउँपालिकाका तटीय क्षेत्रका बासिन्दा र पर्यटक सुरक्षित स्थानतर्फ लागेका छन्।

चुमनुब्री गाउँपालिका-६ र ७ क्षेत्रमा पर्ने उग्युलुङ र स्यारखोलामा पानीको बहाव बढेको हो। खोला थुनिने र खुल्ने क्रम जारी रहेकाले जोखिम बढेको स्थानीयले बताएका छन्। बाढीले सल्लेरी बजारमा क्षति पुर्‍याएको र जगत बजारसमेत प्रभावित भएको स्थानीयले बताएका छन्।

यसैबिच, इलाका प्रहरी कार्यालय आरुघाटले बूढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ। प्रहरीले नदी किनारमा नजान, परिवारलाई सुरक्षित राख्न र सतर्क रहन अनुरोध गरेको छ।

आरुघाट प्रहरीले भनेको छ, ‘बुढीगण्डकी नदीको बहाव अत्यधिक बढ्न गएको हुँदा बुढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्नु हुने सम्पूर्ण नागरिकहरू सुरक्षित स्थानमा गई बस्न हुन अनुरोध।’

प्रकाशित: २५ आश्विन २०८३ ०६:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App