९ चैत्र २०८२ सोमबार
image/svg+xml
अपराध

मलद्वारमा लुकाएको ३३ एम्पुल लागूऔषधसहित दुई जना पक्राउ

सांकेतिक तस्बिर

लागूपदार्थ ओसारपसारको आरोपमा उदयपुरमा दुई जना पक्राउ परेका छन् । मलद्वारमा लुकाएर अज्ञातस्थलतर्फ जाँदै गरेको अवस्थामा आईतबार साँझ पाँच बजेको समयमा चौदण्डीगढी नगरपालिका ४ बसाहा बदेलपानीस्थित पैंतालीस चोकबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

पक्राउ पर्नेमा चौदण्डीगढी ७ का २४ वर्षीय पर्शुराम तिम्सिना र सोही नगरपालिका ६ का २३ वर्षीय बिबेक राई छन् । इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको टोलीले पैदल हिँडदै गरेका उनीहरुलाई शङ्का लागेर चेकजाँच गर्ने क्रममा मलद्वारमा लागू पदार्थ फ्रिजिङ गरेर बोकेको फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार नगर अस्पताल चौदण्डीगढीमा लगेर एक्र्स-रे गरेर हेर्दा उनीहरुको मलद्वारमा लागू पदार्थ फ्रिजिङ गरेको पुष्टि भएको थियो । तिम्सिनाको मलद्वारमा १५ एम्पुल र राईको मलद्वारमा १८ गरी ३३ एम्पुल प्रतिबन्धित लागूऔषध बरामद भएको छ ।  

उनीहरु दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपि केदारमान दोङले बताए ।

 

प्रकाशित: १७ कार्तिक २०८२ १६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App