३ आश्विन २०८३ शनिबार
image/svg+xml
अपराध

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

हुण्डी कारोबारमार्फत रु एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार गरेको आरोपमा प्रहरीले विराटनगरबाट दुई जनालाई पक्राउ गरेको छ। विराटनगर महानगरपालिका-१५ रानीका ५६ वर्षीय शम्भुप्रसाद साह र विराटनगर-१७ का ३५ वर्षीय सुरजप्रसाद साहलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार विभिन्न व्यक्तिले हुण्डी कारोबार गर्दै आएका भन्ने सूचनाका आधारमा शङ्कास्पद व्यक्तिको बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा शम्भुप्रसाद र सुरजप्रसादले अन्य व्यक्तिसँगको मिलेमतोमा व्यक्तिगत तथा फर्मका नाममा रहेका बैंक खाता प्रयोग गरी रु एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार ३४० बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको देखिएको उनले जानकारी दिए।

पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुर, सङ्गठित अपराध निवारण ऐन, २०७० तथा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ बमोजिमको कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको सूचना अधिकारी खड्काले बताए। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ आश्विन २०८३ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App