प्रहरीले आँखामा खुर्सानीको धुलो हाली लुटपाट गर्ने दुई जनालाई पक्राउ गरेको छ।
काठमाडौंको सुकेधारामा एक महिलाको आँखामा खुर्सानीको धुलो हाली लुटपाट गरी फरार रहेका दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परीसर काठमाडौंले जनाएको छ।
पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका ३ चपली भद्रकाली बस्ने ४० वर्षीय गणेश कार्की र इलाम घर भइ विभिन्न धर्मशालामा बस्ने ३१ वर्षीय बिष्णु गुरुङ रहेका छन्।
उनीहरुलाई काठमाडौं महानगरपालिका ३२ जडिबुटी मनोहरा खोला करिडोरबाट लुटपाट गरेको सिक्री थान १, मोबाइल थान १ र खुकुरी थान १ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका कार्की उपर २०७९ सालमा डाँका चोरी कसूरमा ६ वर्ष कैद सजाय भइ केन्द्रीय कारागार जगन्नाथदेवलमा रहेकोमा २०८२ भाद्र २४ गते फरार भएको खुल्न आएको छ। उनीमाथि यसअघि अभद्र व्यवहार, हातहतियार खरखजाना, कर्तव्य ज्यानलगायत विभिन्न १४ विषयमा मुद्दा चलिसकेको पाइएको छ।
प्रकाशित: १७ जेष्ठ २०८३ १५:२६ आइतबार





