१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml
अपराध

सरकारी अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ

कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै रु पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो।

जालिम सिंह महतोको जाहेरीका आधारमा सिआइबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुले विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान भएको भएको भन्दै कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने भन्दै पटक–पटक गरी उक्त रकम ठगी गरेको ब्यूरोका प्रहरी उपरीषक योगेन्द्रकुमार खड्काले जानकारी दिए।

प्रकाशित: १२ कार्तिक २०८३ १४:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App