रौतहट प्रहरीले ठूलो परिमाणमा तस्करीका मालसामान बोकेको ट्रकसहित चालकलाई पक्राउ गरेको छ।
रौतहटको बौधिमाइ नगरपालिका ५ हुलाकी सडक खण्डको कोपवाटोलबाट प्रहरीले तस्करीको मालसमान बोकेको ना६ख ५६२ नम्बरको ट्रकसहित चालक धादिङ जिल्लाका बिजय लामालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले बताए।
भारतीय बजारबाट तस्करहरूले राजस्व छलेर रौतहटको नरकटिया र रामपुर खाप नाकाबाट कोपवा गाउमा भन्डारण गरि सुर्ती, कपडा र किराना सामान ट्रकमा लोड गरेर मकवानपुर तर्फ लैजाँदै गर्दा इलाका प्रहरी कार्यालय कोपवाको टोलिले तस्करीको सामान बोकेको ट्रकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ।
तस्करीको सामान सहित बरामद गरिएका ट्रकसहितको करिब चालिस लाख मूल्य कायम गरी आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रवक्ता डिएसपी कार्कीले बताए।
प्रकाशित: १४ आश्विन २०८२ ११:४५ मंगलबार





