१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
अपराध

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने प्युठान नौबहिनी गाउँपालिका-१ घर भएका ३४ वर्षीय विशाल बुढा मगर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने झापा बुद्धशान्ति गाउँपालिका-२ घर भएका ३० वर्षीय निकेश ढुङ्गाना र ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने महोत्तरी गौशाला नगरपालिका-९ घर भएका ४४ वर्षीय योगेन्द्र सिंह दनुवार रहेका छन्।

पक्राउ मध्ये विशालले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख ३० हजार रूपैयाँ, निकेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४१ लाख रूपैयाँ र योगेन्द्रले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख ३४ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार विशाललाई काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ बाट बिहीबार तथा निकेशलाई ललितपुर, ललितपुर महानगरपालिका-१५ बाट र योगेन्द्रलाई काठमाडौं महानगरपालिका-१२ बाट शुक्रबार पक्राउ गरिएको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रकाशित: २१ भाद्र २०८२ २१:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App