१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
अपराध

यी हुन् कलंकी र नयाँ बसपार्क क्षेत्रबाट पक्राउ परेका ६० जना

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलंकी र नयाँ बसपार्क क्षेत्रमा सर्वसाधारण तथा यात्रुलाई हैरानी दिने ६० जनालाई पक्राउ गरेको छ।

लामो समयदेखि ती क्षेत्रमा हिँडिरहेका यात्रुलाई जबरजस्ती गाडीमा बसाल्ने र झोला तान्ने जस्ता कार्यमा संलग्न रहेका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको हो।

विभिन्न माध्यमबाट प्राप्त गुनासोका आधारमा कार्यालयबाट खटिएको प्रहरी टोलीले कलंकी र नयाँ बसपार्क क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ असार २०८३ १२:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App