३१ असार २०८३ बुधबार
image/svg+xml
अपराध

देवरले गरे भाउजूको ह'त्या

मोरङको ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरको खुकुरी प्रहारबाट एक महिलाको हत्या भएको छ।

स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीलाई उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरीले घाँटीमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा ४७ वर्षीय शिवलाल खवास (ठूलोबुबा) समेत घाइते भएका छन्। उनको दाहिने काँधमा गहिरो चोट लागेको छ।

उनको स्थानीय नेता चोकस्थित मेडिकलमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था मध्यम रहेको छ।

घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय हरैंचाबाट तथा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खुकुरीसहित आरोपित सौचन खवासलाई नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: २३ असार २०८३ १२:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App