२० श्रावण २०८३ बुधबार
image/svg+xml
अपराध

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने अर्घाखाँची घर भएका २८ वर्षीय सन्तोष अधिकारी, काठमाडौं महानगरपालिका-३ बस्ने दाङ घर भएका २९ वर्षीय हेमन्त केसी, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-११ बस्ने सुनसरी घर भएका ४२ वर्षीय सुक देव राई, सोही नगरपालिका-३ बस्ने सुनसरी घर भएका ३४ वर्षीय मनिष पोदार, काठमाडौं महानगरपालिका-१६ बस्ने रूपन्देही घर भएका ४७ वर्षीय राम रतन मिश्र, काठमाडौं टोखा बस्ने कास्की घर भएका ३९ वर्षीय अमृत अधिकारी र काठमाडौं महानगरपालिका-२६ बस्ने रौतहट घर भएका ३५ वर्षीय मिर इसलामाना रहेका छन्।

पक्राउ मध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ३० हजार रूपैयाँ, सुक देवले सर्विया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १३ लाख रूपैयाँ, मनिषले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, रामले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३० हजार रूपैयाँ, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र मिरले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख ६३ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तोष र हेमन्तलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार, सुक देवलाई बुढानिलकण्ठ नगरपालिका-११ बाट बिहीबार तथा मनिषलाई काठमाडौं महानगरपालिका-१२ बाट, रामलाई काठमाडौं महानगरपालिका-१६ बाट, अमृतलाई काठमाडौं टोखाबाट र मिरलाई काठमाडौं महानगरपालिका-२६ बाट शुक्रबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रकाशित: ६ असार २०८३ १७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App