२३ वैशाख २०८३ बुधबार
image/svg+xml
अपराध

सुर्खेतमा शृङ्खलाबद्ध चोरी गर्ने व्यक्ति पक्राउ, नगदसहित विभिन्न सामान बरामद

जिल्ला प्रहरी कार्यालय सुर्खेतले शृङ्खलाबद्ध चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लेकवेशी नगरपालिका–१ बस्ने अन्दाजी ५० वर्षीय हरी नारायण कार्की रहेका छन्।

प्रहरीका अनुसार मिति २०८३ वैशाख १ गते राति करिब ११ बजे वीरेन्द्रनगर नगरपालिका–११ गाग्रेतालस्थित हरिकला शाहीको घरमा कोही नभएको मौका छोपी नगद तथा सुनचाँदीका गरगहना लगायतका सामान चोरी भएको थियो। घटनापछि अनुसन्धानका क्रममा संलग्न रहेको आशंकामा कार्कीलाई नियन्त्रणमा लिई उनको घरमा खानतलासी गर्दा चोरी भएका विभिन्न सामानहरू बरामद गरिएको प्रहरीले जनाएको छ।  

हाल उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। बरामद गरिएको सामानमा २ थान ल्यापटप, ३ थान चार्जर, ५ थान मोबाइल, २ थान सिसिटिभी क्यामेरा, ६ थान घडी, २ थान मिक्सर, १ थान गितार, १ थान टिभी, नगद रु ३६ हजार ९७ तथा विभिन्न सुनचाँदीका गरगहना र सिक्का रहेका छन्।

प्रहरीले बरामद सामान कसैको चोरी भएको भए प्रमाणसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सम्पर्क गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रकाशित: ११ वैशाख २०८३ २०:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App