जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका एक कैदी पक्राउ परेका छन्। सुनसरीको धरान उपमहानगरपालिका-११ बस्ने २५ वर्षीय कोक्लेटो भन्ने रन्जित विकलाई प्रहरीले पक्राउ गरेको हो।
सुनसरी जिल्ला अदालतबाट लागुऔषध मुद्दामा ८ वर्ष कैद सजाय तोकिएका विक कारागारमा सजाय भुक्तान गरिरहेका थिए। उनी जेनजी आन्दोलनको मौका छोपी झुम्का कारागारको सुरक्षा घेरा छलि फरार भएका थिए।
फरार भएपश्चात उनको खोजी गर्ने क्रममा प्रहरीले पक्राउ गर्न सफल भएको हो। पक्राउ परेका विकलाई कानुन बमोजिम कारागार चलान गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
प्रकाशित: १७ श्रावण २०८३ १८:३५ आइतबार





